PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कार्यकर्ता भेटघाटमा प्रचण्डले पोखे पार्टीभित्रको असन्तुष्टि, 'पार्टीको विनाश आन्तरिक कारणले नै हुने हो'



कार्यकर्ता भेटघाटमा प्रचण्डले पोखे पार्टीभित्रको असन्तुष्टि, 'पार्टीको विनाश आन्तरिक कारणले नै हुने हो'

काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी विभाजन नदिने बताएका छन्।

आइतवार चितवन जिल्ला कमिटीले आयोजना गरेको भेटघाट कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन।

'पार्टी विभाजित हुन दिइने छैन। पार्टीको एकतालाई अक्षुण राखिने छ। यो विश्वास दिलाउन चाहन्छु,' प्रचण्डले भने।

उनले पार्टी विभाजन हुने भयबाट हतारमा निर्णय गरेर अघि नबढ्न आग्रह गरे। उनले आफूहरु गम्भीर छलफलमा रहेको बताए।

उनले पहिले पनि पार्टी एकता हुन नदिन प्रचण्डले बाह्य शक्तिले भूमिका खेले पनि आन्तरिक कारणबाट पार्टी सकिने बताए।

'कुनै पनि देशको विकास वा विनाश। कुनै पनि पार्टीको विकास या विनास बाह्यले भूमिका त खेल्छन्। अन्तत:  आन्तरिक कारण नै हुन्छ,' उनले भने।

नाकाबन्दीका बेला केपी ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको स्मरण पनि बताए। संविधान बनाउने बेला संकल्प गरेकाले नै कुनै तागतले रोक्न नसकेको बताए।

'बिआरआइ सम्झौता हुँदा लम्पसारवाद भयो त? मधेश जोड्ने लम्पसारवाद भयो?' भन्दै प्रश्न गरे।

पार्टीमा भएका सहमतिहरु कार्यन्वयन हुन नसकेकोमा प्रचण्डले असन्तुष्टि पोखे। उनले २०७५ मंसिरमा कार्यकारी अध्यक्षसहित पार्टीको मुख्य जिम्मा पाएको भए पनि सहमति राम्रोसँग कार्यान्वयन हुन नसकेको गुनासो गरे।

'मंसिर ४ मलाई पार्टीको तर्फबाट कार्यकारी अध्यक्षसहित पार्टी सञ्चालनको मुख्य जिम्मेवारी भनिएको थियो। यद्यपि त्यो राम्रोसँग लागू हुन पाएन।'

तर, आफ्नो अध्यक्षतामा स्थायी कमिटी बैठकबाट कालापानीको नक्सा तुरुन्तै निकाल्नुपर्छ भनेको र केन्द्रीय कमिटीबाट निर्णय गराउन सरकारलाई निर्देशन दिँदा लम्पसारवाद भयो भन्दै प्रश्न पनि गरे।

उनले प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक अर्कालाई छोड्नु हुँदैन भन्दै उक्साउनेलाई खबरदारी गर्नुपर्ने बताए।

त्यसैगरी उनले देशको नयाँ नक्सा जारीमा सबैको योगदान रहेको बताए। भने, 'यहाँ कोही राष्ट्रघाती दलाल, कोही राष्ट्रवादी भन्ने होइन। सबै मिलेरै नाकाबन्दीको सामना गरेको हो। सबै मिलेर नक्सा जारी गरेको हो।'

उनले स्थायी कमिटी बैठकमा नयाँ नक्सालाई वैधानिकता दिएकोमा धन्यवाद दिएको बताए। तर, यसको जस केही व्यक्तिलेमात्र प्रशंसा पाएको उल्लेख गर्दै उनले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई गरिएकोतिर संकेत गर्दै भने, 'राष्ट्रवाद जिन्दावाद र मूर्दावादको कुरा हो? के पार्टीभित्र जिन्दावाद र मुर्दावाद भन्ने कुरा हो र?'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell