PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

अवैध रुपमा मिर्गौला प्रत्यारोपणमा चिकित्सक, कानुन व्यवसायी र वडाध्यक्षको मिलेमतो, १२ जना पक्राउ



अवैध रुपमा मिर्गौला प्रत्यारोपणमा चिकित्सक, कानुन व्यवसायी र वडाध्यक्षको मिलेमतो, १२ जना पक्राउ

काठमाडौँ : प्रहरीले चितवनको भरतपुर मेडिकल कलेज (कलेज अफ मेडिकल साइन्सेस) का तीन जना चिकित्सकसहित १२ जनालाई पक्राउ गरेको छ।

अवैध रुपमा मिर्गौला प्रत्यारोपण गरेको अभियोगमा उनीहरुलाई शनिवार राति नियन्त्रणमा लिइएको हो। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा कानुन व्यवसायी र वडाध्यक्षसमेत रहेका छन्। 

उनीहरुले २०७६ जेठ २७ गते अवैध रुपमा मिर्गौला प्रत्यारोपण गरेका थिए। आर्थिक लेनदेन गरेर गैरकानुनी रुपमा मिर्गौला  प्रत्यारोपण गरेको प्रहरीको दाबी छ। 

ब्यूरोले यसअघि गत असोजमा मिर्गौला किनबेचको आरोपमा निदान अस्पतालका सिइओसहित पाँच जनालाई पक्राउ गरेको थियो। नक्कली आफन्त खडा गरेर मिर्गौला किनबेच गरेको अनुसन्धानबाट खुलेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell