PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नारायणकाजीको भूमिकामाथि विष्णु रिमालको प्रश्न : नक्कली गीत नगाउनुस्, कमसे कम पदको लाज त जोगाउनुस्



नारायणकाजीको भूमिकामाथि विष्णु रिमालको प्रश्न : नक्कली गीत नगाउनुस्, कमसे कम पदको लाज त जोगाउनुस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायाणकाजी श्रेष्ठको भूमिकामाथि प्रश्न गरेका छन्। सामाजिक सञ्जाल ट्वीटरमा रिमालले प्रवक्ता श्रेष्ठको भूमिका अत्ति भएको इंगित गर्दै पदको लाज जोगाउनसमेत भनेका छन्।

रिमालले ट्वीटरमा लेखेका छन्, 'इनफ इज इनफ नारायणकाजी श्रेष्ठजी! कम से कम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस्। ‘विधि र पद्दति’को नक्कली गीत गाउँदै नेताहरूलाई गुटबन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस्! पार्टी एकताविरूद्धका कुनैपनि गतिबिधि कतैबाट पनि नहोस्! मुलुक संवेदनशील मोडमा छ महसूस होस्!!!'

पछिल्लोपटक नेकपामा विधि र पद्धतिको लडाई भन्दै नेताहरुको कित्ताकाट हुँदै आएको छ। यसै सन्दर्भमा अर्का अध्यक्ष पुष्पकलम दाहाल, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाललगायतले प्रधानमन्त्री ओलीको कदमको विरोध जनाउँदै आएका छन्।

सरकारको समीक्षालगायत विषयमा छलफल गर्न शुरु भएको नेकपाको स्थायी कमिटीको बैठक अहिले अवरुद्ध छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell