PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

भारतीय विदेश मन्त्रालयले सच्यायो जयशंकरको अभिव्यक्ति, भन्यो, ‘गौतम बुद्ध नेपालमा जन्मिएको बारे कुनै शंका छैन’



भारतीय विदेश मन्त्रालयले सच्यायो जयशंकरको अभिव्यक्ति, भन्यो, ‘गौतम बुद्ध नेपालमा जन्मिएको बारे कुनै शंका छैन’
Photo : The Print

काठमाडौं : भारतको विदेश मन्त्रालयले गौतम बुद्धको जन्मभूमी बारे विदेश मन्त्री एस जयशंकरले दिएको अभिव्यक्तिबारे स्पष्टीकरण दिएको छ।

भारतका विदेश मन्त्री एस जयशंकरले गौतम बुद्ध ‘भारतका महान नागरिक’ रहेको बताएका थिए। जयशंकरको अभिव्यक्तिको विरोध भएपछि परराष्ट्र मन्त्रालयले समेत विज्ञप्ती जारी गर्दै ऐतिहासिक र पुरातात्विक प्रमाणहरुका आधारमा गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको पुष्टि भइसकेको र ती तथ्यमा कुनै प्रकारको शंका र विवाद गर्नु नपर्ने भन्दै भारतलाई उत्तर दिएको थियो।

सर्वत्र विरोध भएपछि भारतीय विदेश मन्त्रालयले आफ्ना मन्त्रीले दिएको अभिव्यक्ति सच्याएको हो।

मन्त्रालयले जयशंकरको अभिव्यक्ति साझा बौद्ध विरासतको सन्दर्भमा आएको भन्दै भनेको छ, ‘ गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको बारेमा कुनै शंका छैन।’

जयशंकरले एक भर्चुअल कार्यक्रममा ‘भगवान गौतम बुद्ध र  महात्मा गान्धी भारतका दुई महान नागरिक’ रहेको अभिव्यक्ति दिएका थिए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell