PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रकाश सुवेदीले मागे माफी, ‘मबाट गल्ती भयो, अबबाट शब्द चयनमा ध्यान दिनेछु’



प्रकाश सुवेदीले मागे माफी, ‘मबाट गल्ती भयो, अबबाट शब्द चयनमा ध्यान दिनेछु’

काठमाडौं : कार्यक्रम ‘रजतपट’ का संचालक प्रकाश सुवेदीले आफ्नो विवादास्पद अभिव्यक्तिप्रति माफी मागेका छन्।

सुवेदीले नायिका पूजा शर्माप्रति लक्षित हुने गरी गत विहीवार कार्यक्रममा ‘आफै नजान्ने अनि हामीले चाहिं लिएको इन्टर्भ्यू काटिदिनु पर्ने? मिलाइ मिलाइ महानायिका बनाइदिनु पर्ने? त्यो पनि दाह्रा निस्किएको अनुहारलाई?’ भनेका थिए। त्यसपछि सुवेदीको अभिव्यक्तिको आलोचना भएको थियो। नायिका शर्माले पनि नेपाल चलचित्र कलाकार संघमा आफूविरुद्ध अपमानजनक र अभद्र टिप्पणी गरेको भन्दै सुवेदीविरुद्ध निवेदन दिएकी थिइन्।

सर्वत्र आलोचना भएपछि सुवेदीले माफी मागेका हुन्। आफ्नो अभिव्यक्ति कोही व्यक्तिप्रति लक्षित नभएको र प्रतिकात्मक भएको भन्दै उनले कसैलाई चोट पुग्न गएको खण्डमा माफी चाहन्छु भन्नै क्षमायाचना गरेका हुन्। उनले ‘दाह्रा’ शब्द प्रयोग हुन गएकोमा गल्ती भएको भन्दै आगामी दिनमा शब्द चयनमा ध्यान दिने समेत बताएका छन्।

उनले यस्ता शब्द आफ्ना साथीभाइ माझ र चलचित्र क्षेत्रमा प्रयोग भइरहेको तर राष्ट्रिय टेलिभिजनमा उक्त शब्द प्रयोग हुन गएकोमा आफूले लाखौंपटक गल्ती स्वीकार गर्ने बताएका हुन्।

‘म चुकेकै हो। मैले माफी माग्नै पर्छ। आगे यहाँहरुकै मर्जी।’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell