PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ह्वाइट हाउस बाहिर गोली चल्यो, अवस्था नियन्त्रणमा छ: डोनाल्ड ट्रम्प



ह्वाइट हाउस बाहिर गोली चल्यो, अवस्था नियन्त्रणमा छ: डोनाल्ड ट्रम्प
Photo : Reuters

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस बाहिर गोली चलेको बताएका छन्।

नियमति प्रेस सम्मेलनका क्रममा सम्बोधन गरिरहँदा सिक्रेट सर्भिस एजेन्टहरुले ट्रम्पलाई यसबारेमा जानकारी दिएका थिए। त्यसलगत्तै उनी प्रेस सम्मेलन छोडेर गएका थिए।

गएको ९ मिनेटपछि पुन: फर्किएका ट्रम्पले युएस सिक्रेट सर्भिसले हतियारधारी व्यक्तिलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको बताए। गोली प्रहारबाट घाइते भएका व्यक्तिलाई अस्पताल लगिएको ट्रम्पले बताए।

‘ह्वाइट हाउस बाहिर गोली चल्यो। अहिले अवस्था नियन्त्रणमा छ,’ ट्रम्पले भने। यस घटनापछि ह्वाइट हाउसको सुरक्षा व्यवस्था कडा पारिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell