PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

भ्लादिमीर पुटिनको घोषणा, 'रसियाले पहिलो कोरोना भाइरसविरुद्ध भ्याक्सिन बनायो'



भ्लादिमीर पुटिनको घोषणा, 'रसियाले पहिलो कोरोना भाइरसविरुद्ध भ्याक्सिन बनायो'
Photo : Getty Image

रसियाले ‘पहिलो कोरोना भाइरस भ्याक्सिन’ बनाएको दाबी गरेको छ। रसियाली राष्ट्रपति भ्लादिमीर पुटिनले विश्वभर महामारी फैलाएको कोभिड १९ विरुद्ध पहिलो भ्याक्सिन बनाएको घोषणा गरेको एएफपीले जनाएको छ।  

सन् २०१९ को डिसेम्बरबाट चीनको वुहानबाट फैलिएको यस भाइरसकझ रोकथाम र नियन्त्रणका लागि विभिन्न देशमा वैज्ञानिक अनुसन्धान भइरहेका छन्। तर हालसम्म यस भाइरस विरुद्ध भ्याक्सिन आएको थिएन। धेरै प्रयोगशालामा भाइरस विरुद्ध क्लिनिकल ट्रायल भएपनि भ्याक्सिन पत्ता लाग्न सकेको थिएन।

रसियाको गामालेया नेशनल रिसर्च सेन्टरमा निर्माण भएको उक्त भ्याक्सिन रसियाको स्वास्थ्य मन्त्रालयमा सूचिकृत भइसकेको बताइएको छ।

भ्याक्सिनको परीक्षण स्वयमंसेवकहरुमा गरिएको थियो। पुटिनले आफ्नो छोरीमा पनि यही भ्याक्सिन प्रयोग गरिएको बताए। त्यसबाट सकारात्मक नतिजा आएको र स्वयंमसेवकहरुमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि भएको पुटिनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell