PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

भदौ ३१ गतेसम्म सीमा नाका बन्द गर्ने सरकारको निर्णय



भदौ ३१ गतेसम्म सीमा नाका बन्द गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले अन्तराष्ट्रिय सीमा नाका भदौ ३१ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। सोमवारको मन्त्रिपरिषद् बैठकले भदौ ३१ गतेसम्म सीमा नाका बन्द गर्ने निर्णय गरेको हो।

यसअघि साउन ३२ सम्मका लागि सीमा नाका बन्द गरिएको थियो।

सरकराले सीमा नाकाबाट प्रवेश गर्ने तोकेको प्रवेश विन्दु पनि घटाएको छ। अब १० ठाउँबाट नेपाल प्रवेश गर्न दिने भएको हो। सरकारका प्रवक्ता युवराज खतिवडाका अनुसार काकँडभिट्टा, रानी, माडर, गौर, वीरगञ्ज, बेलहिया, कृष्णनगर, जमुनाहा, गौरीफन्टा र गड्डाचौकीबाट मात्रै नेपाल आउन पाइनेछ।

यसअघि स्थल मार्गबाट नेपाल आउन २० वटा नाका तोकेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell