PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

काठमाडौंमा कोरोना संक्रमितको संख्या एक हजार नाघ्यो, यस्तो छ उपत्यकाको अवस्था



काठमाडौंमा कोरोना संक्रमितको संख्या एक हजार नाघ्यो, यस्तो छ उपत्यकाको अवस्था

काठमाडौं : काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ। मंगलवार देशभर ६३८ जनामा संक्रमण देखिँदा उपत्यकामा थप १३४ जनामा संक्रमण पुष्टि भएको छ। सबैभन्दा बढी संक्रमित काठमाडौंमा ११० जना, ललितपुरमा १६ जना र भक्तपुरमा ८ जनामा संक्रमण देखिएको हो।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार उपत्यकामा मंगलवारसम्म कोरोना संक्रमितको संख्या १ हजार ३१४ पुगेको छ।

आज थपिएको संक्रमितको संख्यासँगै काठमाडौंमा संक्रमितको संख्या १ हजार नाघेको छ। महाशाखाका अनुसार काठमाडौंमा १ हजार ५८ जनामा कोभिड १९ पुष्टि भएको छ। ललितपुरमा १५९ जनामा संक्रमण देखिँदा भक्तपुरमा ९७ जनामा संक्रमण देखिएको छ। 

उपत्यकामा दैनिक रुपमा संक्रमितहरु पहिचान भइरहेका छन्। साथै संक्रमितहरु देखिएका स्थानहरु पनि सिल गरिएको छ। बाहिरबाट मानिसहरु निर्वाध रुपमा उपत्यका प्रवेश गरिरहेका कारण संक्रमणको अवस्था थप बढ्ने चेतावनी जनस्वास्थ्य विज्ञहरुले दिएका छन्। साथै उपत्यकामा भीड बढ्दै गएसँगै संक्रमणको अवस्था झनै भयावह हुन सक्ने भन्दै सबैलाई सतर्क रहन आग्रह समेत गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell