PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

अख्तियार प्रमुख घिमिरेलाई कोभिड-१९ संक्रमण



अख्तियार प्रमुख घिमिरेलाई कोभिड-१९ संक्रमण
फाइल फोटो

काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ। घिमिरेसहित अर्का एक जना आयुक्तमा पनि संक्रमण देखिएको स्रोतले बतायो।

'आजै आएको हो रिपोर्ट। म घरमै छु। मेरो त रिपोर्ट नेगेटिभ आएको छ,' स्रोतले भन्यो। स्वास्थ्य मन्त्रालयको रोग नियन्त्रण महाशाखाले गरेको नमुना संकलन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गरिएको थियो।

नेपालमा कोभिड-१९ संक्रमण देखिएकोमा घिमिरे हालसम्मकै उच्च पदस्थ व्यक्ति हुन्।

स्रोतका अनुसार सोमवार नमुना संकलन गरिएकोमा मंगलवार रिपोर्ट पोजेटिभ आएका हो। यसअघि अख्तियारको सुरक्षामा खटिएका सुरक्षाकर्मी र कर्मचारिमा संक्रमण पुष्टि भएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell