PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कोभिड-१९ अपडेट : ५१ जिल्लाका ६३८ जनामा संक्रमण पुष्टि, कुन जिल्लामा कति थपिए संक्रमित?



कोभिड-१९ अपडेट : ५१ जिल्लाका ६३८ जनामा संक्रमण पुष्टि, कुन जिल्लामा कति थपिए संक्रमित?

काठमाडौं : पछिल्लो २४ घण्टामा ६३८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा गरिएको १० हजार ४६२ नमुना परीक्षणका क्रममा ५१ जिल्लामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या २३ हजार ९४८ पुगेको छ।

पछिल्लो २४ घण्टामा १४४ जना डिस्चार्ज भएका छन्। योसँगै संक्रमण पुष्टि भएका मध्ये १६ हजार ६६४ जना उपचारपछि डिस्चार्ज भएका छन्।

हाल संक्रमितमध्ये ७ हजार २०१ जना उपचारका क्रममा रहेका छन्। संक्रमण पुष्टि भएकामध्ये आज मात्र ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। योसँगै ८३ जनाको मृत्यु भएको छ।

आज सबै भन्दा बढी काठमाडौंका ११० जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, ललितपुरका १६ र भक्तपुरका ८ जनामा गरी उपत्यकामा मात्र १३४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

संक्रमण पुष्टि हुनेमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको परीक्षणमा  धनकुटाका १, झापाका ८, मोरङका ४, सिरहाका ३, सुनसरीका ३२ र उदयपुरका ७ जना रहेका छन्। कोशी अस्पताल प्रयोगशालामा झापाका २, उदयपुरका ८ र मोरङका ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा धनुषाका १८, महोत्तरीका १० र सिरहाका १ जनामा संक्रमण पुष्टि हुँदा गजेन्द्र नारायण सिंह अस्पताल प्रयोगशालामा सिरहाका ८ र सप्तरीका ११ जनाको नुमना रिपोर्ट पोजिटिभ आएको छ।

नारायणी अस्पतालमा बाराका ४ र पर्साका ६६ जनामा संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भक्तपुरका ४, धादिङका ५, गोरखाका १, काठमाडौंका २८, ललितपुरका १, नुवाकोटका २ र सर्लाही ३४ जनामा संक्रमण पुष्टि भएको छ।

शुक्रराज ट्रपिकल अस्पताल प्रयोगशालामा बाराका ४, भक्तपुरका २, दाङका १, काठमाडौंका २०, पर्साका १, रौतहटका २ र सर्लाहीका २ जनामा संक्रमण पुष्टि भएको छ।

भरतपुर अस्पताल प्रयोगशालामा चितवनका ३, कपिलवस्तुका १ र रुपन्देहीका ९ जना र किटजन्य रोग अन्वेषण प्रयोगशाला हेटौंडामा बाराका २० र रौतहटका १५ जनामा संक्रमण पुष्टि भएको छ।

धुलिखेल अस्पताल प्रयोगशालामा काभ्रेका ४ तथा पाटन अस्पताल प्रयोगशालामा धादिङका १, काठमाडौंका ८, ललिपुरका ८, महोत्तरीका १, मकवानपुरका १, रौतहटका १ र सर्लाहीका १ जनामा संक्रमण पुष्टि भएको छ।

वीर अस्पताल प्रयोगशालामा काठमाडौंका ३ तथा बर्दिया, धादिङ, महोत्तरी, रुपन्देही र सर्लाहीका १/१ जनामा संक्रमण पुष्टि भएको छ।

त्रिवि शिक्षण अस्पतालमा भएको परीक्षणमा बाँके, भक्तपुर, दार्चुला, कास्की, खोटाङ, ललितपुर, नुवाकोट, सर्लाही, सिरहा र स्याङ्जाका १/१ जना तथा धादिङका ३, काठमाडौंका १३, धनुषाका ४ र पर्साका २ जनामा पनि संक्रमण पुष्टि भएको छ। प्रहरी अस्पताल प्रयोगशालामा काठमाडौंका ५ जनामा संक्रमण पुष्टि भएको छ।

स्टार अस्पताल सानेपामा काठमाडौंका १४, ललितपुरका १ र रौतहटका १ तथा विध ल्याबमा बाराका ११ काठमाडौं र ललितपुरका २/२ जनामा संक्रमण पुष्टि भएको छ। केएमसीमा पनि काठमाडौंका २ जनामा संक्रमण पुष्टि भएको छ।

ह्याम्स अस्पतालमा कपिलवस्तु, ललितपुर, पर्सा र सर्लाहीका १/१ जना र काठमाडौंका ८ जनामा संक्रमण पुष्टि हुँदा नेपाल कोरीया मैत्री अस्पतालमा बाँके, भक्तपुर ,धनुषा र रोल्पाका १/१ तथा काठमाडौंका ४ जनामा संक्रमण पुष्टि भएको छ। वीरेन्द्र सैनिक अस्पताल प्रयोगशालामा भएको फरीक्षणमा काठमाडौंका ३ जनामा संक्रमण पुष्टि भएको छ।

प्रादेशिक क्षयरोग उपचार केन्द्र प्रयोगशालामा कास्कीका ४ तथा बाग्लुङ र तनहुँका २/२ जनामा संक्रमण पुष्टि भएको छ। नेसनल प्याथ ल्याब बुटवलमा भएको परीक्षणमा नवलपरासी पश्चिमका १, रुपन्देहीका १५, कपिलवस्तुका १ जनामा संक्रमण पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा रुपन्देहीमा रुपन्देहीका ६, कपिलवस्तुका २ र प्युठानका १० जनामा संक्रमण पुष्टि भएको छ।

भेरी अस्पताल प्रयोगशालामा अछाम, अर्घाखाँची, दोलखा, इलाम, कालिकोट, पाँचथर, रामेछाप, रौतहट, रुकुम पश्चिम, सिरहा, सुनसरी, उदयपुर र सिन्धुपाल्चोकका १/१ जना तथा बाँकेका २७, दाङका ७ जनामा संक्रमण पुष्टि भएको छ। भेरीमै भएको परीक्षणमा ललितपुर, ओखलढुंगा, सुर्खेत र पर्वतका २/२ जनामा पनि संक्रमण पुष्टि भएको छ।

लुम्विनी प्रादेशिक अस्पताल प्रयोगशालामा कपिलवस्तुका १२, प्युठानका ७, रुपन्देहीका २ तथा नवलपरासी पश्चिमका १ जनामा संक्रमण पुष्टि भएको छ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दाङका १ तथा दैलेखक पीसीआर प्रयोगशालामा दैलेखका १ जनामा संक्रमण पुष्टि भएको छ। सुर्खेत अस्पताल प्रयोगशालामा दैलेख र सल्यानका २/२ तथा धनुषा र सर्लाहीका १/१ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, सुर्खेतका पनि ३ जनामा संक्रमण पुष्टि भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell