PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

उर्दू कवि राहत इंदौरीको निधन: कोरोनाबाट संक्रमित थिए, हृदयघातका कारण भयो मृत्यु



उर्दू कवि राहत इंदौरीको निधन: कोरोनाबाट संक्रमित थिए, हृदयघातका कारण भयो मृत्यु

भारतीय उर्दू कवि राहत इंदौरीको ७० वर्षको उमेरमा निधन भएको छ। कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएका इंदौरीलाई मंगलवार दुईपटक हृदयघात भएपछि अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।

‘आज उनलाई दुईपटक हृदयघात भयो। उनलाई बचाउन सकिएन। कोरोना संक्रमण पुष्टि भएपछि उनलाई गत आइतबार अस्पताल ल्याइएको थियो। उनमा निमोनियाको संक्रमण समेत देखिएको थियो’ श्री अउरोविन्दो अस्पतालका चिकित्सक डा बिनोद भण्डारीले भने।

इंदौरीको अफिसियल ट्वीटर अकाउन्टमा उनको मृत्यु कार्डियक अरेस्टका कारण भएको उल्लेख गरिएको छ।

शायरीमा समेत माहिर मानिने इंदौरी जनताको मनमा रहेका कुराहरु आफ्ना शब्दमा व्यक्त गर्न सक्ने कविका रुपमा परिचित थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell