PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पूर्वमन्त्री तामाङ सेल्फ क्वारेन्टाइनमा, 'कसैले आत्तिनुपर्दैन'



पूर्वमन्त्री तामाङ सेल्फ क्वारेन्टाइनमा, 'कसैले आत्तिनुपर्दैन'
फाइल फोटो

काठमाडौं : पूर्वमन्त्री एवं सांसद शेरबहादुर तामाङ सेल्फ क्वारेन्टाइनमा बसेका छन्।

पूर्वमन्त्री एवं काँग्रेस नेता मोहन बस्नेतका बुवाको मृत्यु संस्कारमा सहभागी भएका कारण आफू केही दिन सेल्फ क्वारेन्टाइनमा रहने उनले बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा तामाङले मृत्यु संस्कारमा सहभागी भएपछि पीसीआर टेस्ट गरिएको र सेल्फ क्वारेन्टाइनमा बस्न शुरु गरेको बताएका हुन्।

'स्वास्थ मन्त्रालयले नाम नभन्ने नीतिअनुरुप बुलेटिन दिएपनि बस्नेतजी कै पितासँग मिल्दोजुल्दो समाचार रहेछ,' तामाङले लेखेका छन्, 'सोही कारण केहीदिन घरमै छुट्टै ढंगले क्वारेन्टाइनमा बस्ने निधो गरेको छु। पीसीआर टेस्टको रिपोर्ट हेरेपछि मित्रहरुलाई जानकारी गराउँला।'

साउन २२ गते पूर्वमन्त्री बस्नेतका बुवा खड्गप्रसाद बस्नेतको ८४ वर्षको उमेरमा मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा निधन भएको थियो। स्वास्थ्य मन्त्रालयले हिजोको नियमित प्रेस ब्रिफिङमा कोभिड-१९ संक्रमणका कारण उनको निधन भएको जनाएको हो। पूर्वमन्त्री बस्नेतले भने अस्पतालकै सहमतिमा सिन्धुपाल्चोकमा मृत्यु संस्कार गरेको बताएका छन्। मृत्यु संस्कारमा भिड देखिएको भन्दै कतिपयले भने सामाजिक सञ्जालमा पूर्वमन्त्री बस्नेतको चर्को आलोचना गरेका छन्।

मृत्यु संस्कारमा सहभागी हुनु सामाजिक संस्कार भएको उल्लेख गर्दै तामाङले कोही नआत्तिनसमेत अपिल गरेका छन्। 'जोजो यस कार्यमा संलग्न हुनुभयो कसैले आत्तिनु पर्दैन। केही सावधानी भने अपनाउन हार्दिक अपिल गर्दछु,' उनले भनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell