PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सरकारले भन्यो, ‘आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गराउनू’



सरकारले भन्यो, ‘आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गराउनू’

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै आफ्नै खर्चमा पीसीआर परीक्षण गराउन आग्रह गरेको छ।

मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले एक विज्ञप्ती जारी गर्दै संक्रमण बढ्दै गएको अवस्थामा सपिङ मल, रेष्टरेन्ट,होटल,उद्योग, व्यवसायमा कार्यरत व्यक्ति र उनीहरुसँग सम्पर्कमा आउनेहरुमा संक्रमणको जोखिम उच्च रहेको बताएका छन्। त्यसैले त्यस्ता व्यवसायहरुमा संलग्नहरुले आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गराउन मन्त्रालयले आग्रह गरेको छ।

हाल अधिकांश अस्पतालमा ५ हजार ५ सय तिरेर पीसीआर परीक्षण हुँदै आएको छ। निजी अस्पतालहरुले भने उक्त शुल्कमा थप १० प्रतिशत शुल्क लिन सक्छन्।

तर सशुल्क पीसीआर परीक्षण गराउने अवस्था सबै नागरिकको नभएको भन्दै सरकारको यस्तो रणनीतिको विरोध हुँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell