PahiloPost

May 14, 2025 | १ जेठ २०८२

प्रणव मुखर्जी नेपालका 'ग्रेट फ्रेन्ड' थिए : प्रधानमन्त्री ओली



प्रणव मुखर्जी नेपालका 'ग्रेट फ्रेन्ड' थिए : प्रधानमन्त्री ओली
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधनबाट दु:खी भएको बताएका छन्।

ट्वीट गर्दै ओलीले प्रणव नेपालको ‘ग्रेट फ्रेन्ड’ रहेको बताएका छन्। मुखर्जीले सार्वजनिक जीवन बिताउने क्रममा नेपाल र भारतको सम्बन्ध बलियो बनाउन धेरै प्रयासहरु गरेको ओलीले बताएका छन्।

ब्रेन सर्जरीपछि अस्पतालमा नै उपचाररत् मुखर्जीको सोमबार निधन भएको थियो। अस्पतालमा परीक्षणका लागि पुग्दा उनमा कोरोना संक्रमण समेत देखिएको थियो।

ओलीले शोकाकुल सबैलाई समवेदना व्यक्त गरेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell