PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ट्रम्पमाथि फेरि लाग्यो यौन दुर्व्यवहारको आरोप, 'टेनिस खेलको भीआईपी बक्समै मोडलमाथि जबरजस्ती'



ट्रम्पमाथि फेरि लाग्यो यौन दुर्व्यवहारको आरोप, 'टेनिस खेलको भीआईपी बक्समै मोडलमाथि जबरजस्ती'

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेरि एकपटक यौन दुर्व्यवहारको आरोप लागेको छ। यसअघि पोर्नस्टार स्टोर्मी डेनियलले दुर्व्यवहारको आरोप लगाएकी थिइन्। घटना बाहिर नल्याउन ट्रम्पले पैसाको अफर गरेको पनि बताएकी थिइन्।

यसपालिको राष्ट्रपतीय चुनाव अगाडि द गार्जियनले ट्रम्पसँग जोडिएको अर्को स्क्यान्डल बाहिर ल्याएको हो।

अमेरिकी पूर्वमोडल एवं कलाकार एमी डोरिसले गार्जियनसँगको अन्तर्वार्तामा ट्रम्पले आफूमाथि २३ वर्षअघि दुर्व्यवहार गरेको आरोप लगाएकी छन्। ओपन टेनिस च्याम्पियनशीपमा क्रममा ट्रम्पले आफूसँग जबरजस्ती गरेको एमीको दावी छ।

यद्यपि ट्रम्पले यो आरोपलाई खण्डन गरेका छन्। ट्रम्पका वकिलले ३ नोभेम्बरमा हुने राष्ट्रपति चुनावभन्दा पहिला उनको इमेज खराब गर्न यस्ता प्रकारका आरोप लगाइएको टिप्पणी गरेका छन्।

पूर्वमोडल एमीले आफूलाई ट्रम्पसँग तत्कालिन प्रेमी जेसन बिनले भेटाएको बताएकी छन्। अन्तर्वार्ताका क्रममा एमीले न्युयोर्कमा टेनिल खेलका क्रममा १९९७ सेप्टेम्बर ५ मा भीआईपी बक्समा वाथरुमबाहिर ट्रम्पले जबरजस्ती गरेको बताइन्। 'म त्यतिबेला २४ वर्षकी थिए। ट्रम्पले मलाई कसेर समात्यो। जबरजस्ती किस गर्‍यो। म उम्किन खोजिरहेकी थिएँ। उसले झन कस्यो। उनको हातले मेरो स्तन, पुठ्ठा र सबै संवेदनशील ठाउँमा छोयो,' एमीले भनिन्।

एमीले अघिल्लो चुनावकै बेला यो भन्न खोजेको तर डरले भन्न नसकेको पनि उल्लेख गरेकी छन्।

द गार्जियनले टेनिस खेलका क्रममा भीआइपी बक्समा बसेका बेलाको एमी, ट्रम्पको तस्विर पनि सार्वजनिक गरेको छ। यो प्रकरणमा एमीका पूर्वप्रेमी जेसन बिनले भने कुनै प्रतिक्रिया दिएका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell