PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

जसपाले दोहोर्‍यायो संविधान संशाेधनको माग, संविधान दिवसको दिन विराेध कार्यक्रम आयोजना गर्ने



जसपाले दोहोर्‍यायो संविधान संशाेधनको माग, संविधान दिवसको दिन विराेध कार्यक्रम आयोजना गर्ने

काठमाडाैं : जनता समाजवादी पार्टी (जसपा) नेपालले संविधान संविधान दिवसमा शान्तिपूर्ण विरोध कार्यक्रम गर्न पार्टी संगठनलाई आह्वान गरेको छ।

पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले विज्ञप्ती जारी गर्दै संविधान दिवसमा भाग नलिने, बिरोध सभा गर्ने र संविधानमा रहेका विभेदकारी एवम् त्रुटिपूर्ण प्रावधानहरु परिवर्तनका लागि भन्दै विरोधका कार्यक्रम राख्न आह्वान गरेका हुन्।

'संविधानमा संघीयता समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचान, समानुपातिक समावेशिकरण लगायतका प्रावधानहरु पनि अधुरो र अपूर्ण हुनुका साथै संविधानमा विभेदकारी प्रावधानहरु राखिएको हुँदा सरकारले घोषणा गरेको संविधान दिवसमा भाग नलिने, बिरोध गर्ने र संविधानमा रहेका विभेदकारी एवम् त्रुटिपूर्ण प्रावधानहरु परिवर्तनका लागि उक्त दिन अर्थात असोज ३ गते विभिन्न प्रकारका विरोध कार्यक्रम आयोजना गरी संविधान संशोधनद्वारा यसलाई सच्याउनका लागि देशका प्रमुख स्थानहरुमा उक्त दिन शान्तिपूर्ण विरोध कार्यक्रमहरु आयोजना गर्न आम जनसमुदाय एवम् सम्पूर्ण पार्टी संगठनहरुलाई आह्वान गरिन्छ,' विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा जनआन्दोलन, जनयुद्ध, ऐतिहासिक मधेश जनविद्रोह लगायतका आन्दोलनहरुको बेलामा सरकारसँग भएका सम्झौताहरु, अन्तरिम संविधानमा भएका प्रावधानहरु, पहिलो संविधान सभामा सर्वसम्मत भईसकेका विषयहरु तथा जनताको अभिमतलाई समेत अनादर र उपेक्षा गर्दै सरकारले जनतामाथि दमन र हत्या गरेको उल्लेख छ।

 संविधान विभेदकारी, अधुरो,अपुरो एवम् त्रुटीपूर्ण संविधानले मधेशी,आदिवासी जनजाति, दलित/शिल्पी, महिला, खस, मुस्लिम, थारु, अल्पसंख्यक समुदायहरुका साथै उत्पीडित जात/जाति एवम् समुदायहरुले उठाउँदै आएका राष्ट्रिय मुद्दाहरुलाई सम्वोधन गर्न नसेको जसपाको ठहर छ।

शनिवार संविधान दिवस मनाइदै छ। मधेशवदी दलहरुले सुरु देखि नै संविधान संशोधनको माग राख्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell