PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

लागू औषधसहित मोरङबाट झापाका दुई जना पक्राउ



लागू औषधसहित मोरङबाट झापाका दुई जना पक्राउ

विराटनगर : झापाको गौरदह-९ बैगुनधुराबाट लागू औषधसहित दुई जना प्रकाउ परेका छन्। 

पक्राउ पर्नेमा गौरदह-३ का २२ वर्षीय राजेश महतो र सोही स्थानका २७ वर्षीय प्रमानन्द राजवंशी रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

प्रदेश प्रहरी कार्यालयका अनुसार उनीहरुलाई प्रहरी चौकी माहाभाराबाट गस्तीमा खटीएको टोलीले पक्राउ गरेको थियो। मोटरसाइकलमा आएका दुवै जनालाई शनिवार राती १०:४५ बजे नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिएपछि उनीहरुमाथि जाँच गर्दा १५० बोतल ईस्कफ लागू औषध फेरा पारी बरामाद गरिएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ।

ईलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार पक्राउ परेका दुवै जना उपर थप अनुसन्धान तथा कानुनी कारवाही अगाडि बढाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell