PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

एकताकाे २८ महिनापछि पहिलोपटक पेरिसडाँडामा सुरु भयो नेकपा सचिवालय बैठक



एकताकाे २८ महिनापछि पहिलोपटक पेरिसडाँडामा सुरु भयो नेकपा सचिवालय बैठक
फोटो : गंगा दाहाल

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को  सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ। असोज २ गतेका लागि तोकिएको बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको व्यस्तताका कारण आइतवारका लागि सारिएको थियो।

नेकपाभित्रको लामो समयको आन्तरिक विवाद समाधान भएपछि पहिलोपटक पेरिसडाँडास्थित पार्टी कार्यालयमा सचिवालय बैठक बसेको हो। यसअघि माओवादीको केन्द्रीय कार्यालय रहेको पेरिसडाँडामा पार्टी एकतापछि अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्ड एकैसाथ अध्यक्षता ग्रहण गर्नमात्र पुगेका थिए। एकताको झन्डै २८ महिनापछि पेरिसडाँडामा सचिवालयका नेताहरु छलफलमा जुटेका छन्।

यसअघि कमिटी बैठकहरु पनि बालुवाटारमै बसेका थिए। ओलीले स्थायी कमिटी र सचिवालय बैठक बालुवाटारमै राखेपछि नेकपाका नेताहरु बालुवाटारमा बैठक राख्न नहुने अडानमा थिए।

यसअघि पार्टी उपाध्यक्ष वामदेव गौतमले स्थायी कमिटी बैठकमा पेश गरेको ६ बुँदे प्रस्तावमा समेत बैठक पार्टी कार्यालयमा बस्नुपर्ने अडान राखेका थिए।

सचिवालय बैठकले सरकारमा सहभागी हुने मन्त्रीको सूची तयार पार्ने बताइएको छ। वामदेव गौतम राष्ट्रिय सभा सदस्य भइसकेका छन् भने अर्थमन्त्रीबाट युवराज खतिवडाले राजीनामा दिइसकेका छन्। अहिले अर्थ मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय मन्त्री बिहीन छन्। केही समयका लागि सरकारको प्रवक्ताको जिम्मेवारी परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सम्हालेका छन् भने खतिडालाई सल्लाहकार नियुक्त गरेर ओलीले अर्थ मन्त्रालय आफैसँग राखेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell