PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

निर्देशक अनुराग कश्यपमाथि पायलले लगाइन् यौन शोषणको आरोप, पक्राउ गर्न कंगनाको माग



निर्देशक अनुराग कश्यपमाथि पायलले लगाइन् यौन शोषणको आरोप, पक्राउ गर्न कंगनाको माग

भारतीय कलाकार पायल घोषले बलिउड निर्देशक अनुराग कश्यपमाथि यौन शोषणको आरोप लगाएकी छन्।

पायलले ट्वीटरमार्फत यौन शोषणको आरोप लगाएकी हुन्। उनले न्यायका लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई मेन्सन पनि गरेकी छन्। आफूले असुरक्षित महसुस गरेको पनि उल्लेख गरेकी छन्।

पायलले केही बलिउड, साउथ इण्डियन फिल्म तथा टिभी शोमा काम गरेकी छन्। २०१७ मा प्रदर्शनमा आएको ऋषि कपूरको फिल्म ‘पटेल कि पंजाबी शादी’बाट बलिउडमा डेब्यु गरेकी थिइन्।

पायलले अनुरागमाथि यौन शोषणको आरोप लगाएपछि राष्ट्रिय महिला आयोगकी अध्यक्ष रेखा शर्माले ट्वीटरबाटै आयोगमा उजुरी पठाउन आग्रह गरेकी छन्। पायलले चाँडै पठाउने जवाफ दिएकी छन्।

त्यसैगरी अभिनेत्री कंगना रनौतले अनुरागलाई पक्राउ गर्न माग गरेकी छन्।

अनुरागले गरे आरोपको खण्डन

आफूमाथि आरोप लागेपछि अनुराग कश्यपले खण्डन गरेका छन्। ट्वीटरमा एकपछि अर्को ट्वीट गर्दै अनुरागले आरोप आधारहिन भएको र प्रतिशोध साध्न लगाइएको दावी गरेका छन्।

आफूले काम गरेका, संगतमा रहेका सबै महिलासँग यस्तो खालको हर्कत कहिल्यै नगरेको र सैह्य पनि नहुने उल्लेख गरेका छन्। आरोपपछिको परिणामका लागि आफू तयार रहेको उनको भनाई छ। आफूमाथि अझै आक्रमण हुने भन्दै आरोप सुरुवात मात्रै भएको अनुरागले टिप्पणी गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell