PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सरकार नै संविधान उल्लंघनको अग्रपंतिमा : संविधानविद् प्राध्यापक शाक्य



सरकार नै संविधान उल्लंघनको अग्रपंतिमा : संविधानविद् प्राध्यापक शाक्य

काठमाडौं : संविधानविद् प्रा. पूर्णमान शाक्यले सरकार संविधानको भावना विपरित चल्न थालेको आरोप लगाएका छन्।

नयाँ संविधान लागू भएको पाँच वर्ष पूरा भएको अवसरमा साझा पार्टीको उपत्यका विशेष साझा अभियानले आयोजनामा गरेको कार्यक्रममा शाक्यले उक्त आरोप लगाएका हुन्।

शाक्यकले संविधानको भावना विपरित सरकारले पार्टीगत, गुटगत र निश्चित स्वार्थ अनुरूप कतिपय निर्णय गरेको भन्दै सरकारको आलोचनासमेत गरे।

वरिष्ठ अधिवक्ता समेत रहनु भएका प्राध्यापक शाक्यले ‘नेपालको संविधान २०७२ : अभ्यास , अवसर र चुनौति’ शीर्षकमा विश्लेषणात्मक विद्वत प्रवचन दिँदै भने, ‘सरकारले राष्ट्र हितको कुरामा ध्यान दिन नसक्नु दुःखको कुरा हो।'

संविधानविद् शाक्यले कुनै पनि राष्ट्रको संविधान विश्वकै सर्वश्रेष्ठ वा देशको निकृष्ट संविधान नहुने हुने भन्दै देशको समस्या समाधान गर्ने संविधानलाई नै  राम्रो संविधान भन्न मिल्ने धारणा राखे।

साझा पार्टीका नेता प्रकाशचन्द्र परियारले संविधानको मूल मर्म र भावना बमोजिम सरकारले काम गर्न नसकेको भन्दै संघीयता,समावेशिता, जनजिविका, शिक्षा र स्वास्थ्य क्षेत्रमा संविधानले दिएको अधिकार बमोजिम काम नभएको टिप्पणी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell