PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

'सत्यको आग्रह' सुन्न माग गर्दै डा. गोविन्द केसीको समर्थनमा प्रदर्शन

'सत्यको आग्रह' सुन्न माग गर्दै डा. गोविन्द केसीको समर्थनमा प्रदर्शन


काठमाडौं : सत्याग्रहमा बसेका डा. गोविन्द केसीको समर्थनमा माइतीघर*मा प्रदर्शन गरिएको छ। सोलिड्यारिटी फर डा. गोविन्द केसी एलायन्सको आयोजनामा गरिएको प्रदर्शन गरिएको थियो।

मौन प्रदशर्नका क्रममा युवाहरुले सत्यको आग्रह लेखिएको मास्क लगाएर उभिएका थिए।

विभिन्न माग राखेर जुम्लामा ७ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई उपचारका लागि भन्दै प्रहरी शनिबार जबर्जस्ती अस्पताल लगेको थियो।

केसीले भने आफूलाई जबर्जस्ती अस्पताल लगिएकोप्रति असन्तुष्टि जनाएका छन्। उनले आफ्ना माग पूरा गर्नुको सट्टा जबर्जस्ती अस्पताल लगिएकोमा आक्रोश व्यक्त गरेका छन्।

*माइतीघर हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको। 



ट्रेन्डिङ पोस्ट

Ncell