PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

यौन दुर्व्यवहारको आरोपमा अनुराग कश्यपविरुद्ध प्रहरीमा उजुरी दिँदै पायल घोष



यौन दुर्व्यवहारको आरोपमा अनुराग कश्यपविरुद्ध प्रहरीमा उजुरी दिँदै पायल घोष

कलाकार पायल घोषले निर्देशक अनुराग कश्यपविरुद्ध प्रहरीमा उजुरी दर्ता गराउने निर्णय लिएकी छन्। पायलका वकिल नितिन सतपुतेले सोमवार (आज) मुम्बईको ओशिवारा पुलिस स्टेशनमा अनुरागविरुद्ध उजुरी दर्ता गरिने जानकारी दिएका छन्। सतपुतेले कागजी कारवाही सकिएको भन्दै आज मुद्दा दर्ता हुने बताए।

वकिल सतपुतेले पायलसँग २०१४ मा अनुरागले दुर्व्यवहार गरेको र घरमै पनि गलत व्यवहार गरेको दावी गरे। पायलले यसअघि नै उजुरी दर्ता गर्न खोजे पनि उनलाई धम्की दिइएको थियो। उजुरी दर्ता गरे बहिष्कार गर्ने भनेर दबाब दिइएको सतपुतेले बताएका छन्।

यो मुद्दामा बलिउड कलाकारहरु विभाजित देखिएका छन्। कंगना रनौतले पायलको पक्षमा बोल्दै अनुरागलाई गिरफ्तार गर्न माग गरेकी छन्। त्यसैगरी तापसी पन्नू लगायत कलाकार अनुरागलाई सबैभन्दा ठूलो महिलावादी भन्दै पक्षमा उभिएका छन्।

पायलले शनिवार ट्वीटरमार्फत अनुरागमाथि यौन शोषणको आरोप लगाएकी थिइन्। न्याय र सुरक्षाका लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई मेन्सन गरेकी थिइन्। अनुरागले भने आरोप आधारहीन भन्दै डटेर सामना गर्ने बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell