PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पैसा ननिस्केको झोकमा एटिएममा लात्ता हानेपछि…



पैसा ननिस्केको झोकमा एटिएममा लात्ता हानेपछि…

भक्तपुर : मादक पदार्थ सेवन गरी प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा सूर्यबिनायक नगरपालिका-२ बालकोट बस्ने ३५ वर्षीय पवन बन्जारालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।

बन्जाराले मध्यपुर ठिमी नगरपालिका-३ स्थित नेपाल इन्भेष्टमेन्ट बैंकको एटिएममा पैसा ननिस्केको भनि लात्तीले हानेको तथा बैंकका गार्ड र प्रहरी समेतलाई गालीगलौज समेत गरेपछि महानगरीय प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell