PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

देउवाले बोलाए केन्द्रीय समिति बैठक, महाधिवेशनबारे छलफल हुने, पीसीआर परीक्षणका लागि ४ दिनअघि नै उपस्थित हुनुपर्ने



देउवाले बोलाए केन्द्रीय समिति बैठक, महाधिवेशनबारे छलफल हुने, पीसीआर परीक्षणका लागि ४ दिनअघि नै उपस्थित हुनुपर्ने

काठमाडौं : नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही असोज १९ गते सोमबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ।

बैठकमा पार्टीको आगामी १४ औं महाधिवेशनको तयारी सन्दर्भमा छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

पार्टी केन्द्रीय कार्यालयले कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण बैठक अगाडि पीसीआर परीक्षणको व्यवस्था पार्टी केन्द्रीय कार्यालयले गरेको हुँदा पार्टीका केन्द्रीय पदाधिकारी, सदस्य एवं आमन्त्रित केन्द्रीय सदस्य तथा केन्द्रीय कार्यालयका कर्मचारीलाई अनिवार्य रुपमा असोज १५ गते पार्टी केन्द्रीय कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ।

फागुनमा तोकिएको महाधिवेशन कोभिडका कारण सम्भव नभएपछि जेठ सार्न कांग्रेसमा बहस भइरहेको छ। केन्द्रीय समितिले महाधिवेशनको मिति सार्ने निर्णय गर्ने सम्भावना छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell