PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अनुरागविरुद्ध यौन शोषणको उजुरी दर्ता भएन, पायल राष्ट्रिय महिला आयोग जाने



अनुरागविरुद्ध यौन शोषणको उजुरी दर्ता भएन, पायल राष्ट्रिय महिला आयोग जाने

बलिउड निर्देशक अनुराग कश्यपविरुद्ध यौन शोषणको उजुरी दर्ताको प्रयास असफल भएको छ।

कलाकार पायल घोषले आइतवार अबेर रातीसम्म प्रहरीमा उजुरी दर्ताको प्रयास गरेकी थिइन्। आफ्ना वकिलका साथ मुम्बईको ओशिवारा थाना पुगेकी पायल दर्ता नभएपछि फर्किइन्।

पायलका वकिल नितिन सतपूतेले थानामा कोही महिला अधिकारी नभएको, पुलिस स्टेशनको क्षेत्राधिकार पनि तय नभएको र घटना वर्सोवा पुलिस स्टेशनको अधिकार क्षेत्रमा भएको भन्ने कुराहरु गरेर उजुरी दर्ता नभएको बताए।

सतपूतेले आज दिउँसो फेरि उजुरी दर्ता गर्न जाने जानकारी दिए। पायलले राष्ट्रिय महिला आयोगमा पनि उजुरी दिने उनको भनाई छ। आयोगकी अध्यक्षले यसअघि नै पायललाई उजुरी दिन भनिसकेकी छन्।

यद्यपि यौन शोषणको आरोप लागेका अनुरागको पक्षमा अभिनेत्रीहरु उभिएका छन्। राधिका आप्टे, तापसी पन्नू, सुरवीन चावला, गुनीत मोंगा, अंजना सुखानी र ऋचा चड्ढाले समर्थन गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell