PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

नेकपा सचिवालय बैठकअघि बालुवाटारमा मन्त्रिपरिषद् बैठक



नेकपा सचिवालय बैठकअघि बालुवाटारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं : मन्त्रिपरिषद्को नियमित बैठक केहीबेरमा बालुवाटारमा बस्दैछ। साढे ९ बजे बोलाइएको बैठकका लागि मन्त्रीहरु बालुवाटारमा आउने क्रममा रहेको प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाइले जानकारी दिए। मन्त्रिपरिषद्मा नियमित एजेण्डामाथि छलफल हुने उनले बताए।

त्यस्तै आज साढे १२ बजे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ। बैठक बालुवाटारमा नै बोलाइएको छ। सोमवार पेरिसडाँडामा बोलाइएको बैठक स्थगित गरिएको थियो।

आज बस्ने बैठकमा पेरिसडाँडामा नै बसेको सचिवालय बैठकले तय गरेको एजेण्डामाथि छलफल हुने नेताहरुले बताएका छन्। बैठकले मन्त्रीपरिषद् पुनर्गठन, संवैधानिक नियुक्ती, पार्टी एकताका बाँकी काम र विविध गरी चार एजेण्डा तय गरेको थियो। आइतवार मन्त्रिपरिषद् पुनगर्ठनबारे छलफल भएको थियो। बैठक आजै समापन गर्ने तयारी नेकपाको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell