PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट नेविसंघका तीन जना नेता पक्राउ



त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट नेविसंघका तीन जना नेता पक्राउ

काठमाडौं : नेपाल विद्यार्थी संघका तीन नेतालाई प्रहरीले त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरबाट पक्राउ गरेको छ।

लामो समयदेखिको अनियमितता अन्त्यका लागि माग गर्दै आन्दोलनमा उत्रिएका नेविसंघका नेताहरुलाई मंगलबार ११ बजे प्रहरीले नियन्त्रणमा लिएको हो।

नेविसंघले विभिन्न सुधारको माग गर्दै ६ दिनदेखि त्रिविका पदाधिकारीलाई प्रवेश निषेशका आन्दोलन गर्दै आएका थिए।

सोही क्रममा क्रममा नेविसंघ त्रिभुवन विश्वविद्यालय समितिका सचिव योगेन्द्र रावल, नेविसंघ शंकरदेव क्याम्पसका नेता दिपक ओझा र रुपेश शाहलाई पक्राउ गरिएको हो।

उनीहरुलाई कीर्तीपुर प्रहरी चौकीमा लगिएको छ। पक्राउ परेका नेताहरुलाई तुरुन्तै रिहाई नगरे कडा आन्दोलन गर्ने नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समिति सभापति हरि आचार्यले चेतावनी दिए। आचार्यले भने, 'विश्वविद्याल सुधारका लागि आन्दोलनमा उत्रेका विद्यार्थीलाई पक्राउ गरी लगेका छन्। तुरुन्तै रिहाई नगरे नभए कडा आन्दोलन गर्न बाध्य हुनेछौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell