PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

कर्मचारी आधिकारिक ट्रेड युनियनको निर्वाचन अन्तत: स्थगित, कारण नेकपा एकताको किचलो?



कर्मचारी आधिकारिक ट्रेड युनियनको निर्वाचन अन्तत: स्थगित, कारण नेकपा एकताको किचलो?

काठमाडौं: मन्त्रिपरिषदको मंगलवारको बैठकले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गरेको छ। असोज २४ गतेका लागि तय भएको युनियनको निर्वाचन स्थगित भएको एक मन्त्रीले जानकारी दिए। कोभिड-१९ को महामारीका बेला निर्वाचन गर्दा संक्रमण बढ्नसक्ने भएकाले स्थगित गरिएको हो।

कोभिड-१९ संक्रमणलाई मध्यनजर गर्दै सरकारले निर्वाचन स्थगित गरेको युनियनका अध्यक्ष पून्य ढकालले जानकारी दिए। अब संक्रमण कम भएपछि निर्वाचनको मिति तोकिने ढकालको भनाई छ। तर कहिले तोक्ने भन्नेबारेमा भने अन्यौल भएको उनको भनाई छ।

सरकारले साउन ५ गते सहसचिव कलानिधी पौडेललाई प्रमुख निर्वाचन आयुक्त तोक्दै असोज २४ गते निर्वाचन गर्न मिति तोकेको थियो। बिभिन्न कानुनी अडचनका बावजुत निर्वचानको मिति तोकिएको भए पनि अन्त्माय स्थगित गरिएको ढकालले बताए।

'सबै तयारी करिब करिब पुरा भएको थियो। तर आजको मन्त्रिपरिषदको बैठकले निर्वाचन स्थगित गरेको छ,' उनले भने। कोरोना संक्रमणलाई कारण देखाएर निर्वाचन स्थगित गरिएको भनिए पनि पूर्व एमाले र माओवादी निकट कर्मचारीको संगठनको एकता नभइसकेकाले मिति स्थगन गरिएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell