PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

एम्बुलेन्सबाट प्रहरीले जबरजस्ती तानेर लगेपछि डा गोविन्द केसीले भने : ओलीको गुण्डागर्दी मुर्दावाद



एम्बुलेन्सबाट प्रहरीले जबरजस्ती तानेर लगेपछि डा गोविन्द केसीले भने : ओलीको गुण्डागर्दी मुर्दावाद

काठमाडौं : नेपालगंजबाट बुद्ध एयर हुँदै काठमाडौं आइपुगेका डा गोविन्द केसीलाई प्रहरीले ट्रमा सेन्टर पुर्‍याएको छ।

जुम्लामा १९ औं अनशन थालेका डा केसी आज आफ्नै खर्चमा काठमाडौं आइपुगेका हुन्। उनी महाराजगञ्जस्थित टिचिङ अस्पतालमा अनशन बस्ने योजनाका साथ काठमाडौं आएपनि उनलाई प्रहरीले ट्रमा पुर्‍याएको हो।

प्रहरीले उनलाई एरपोर्टबाटै बल प्रयोग गरेर ट्रमा सेन्टर पुर्‍याएको थियो। ट्रमा पुगेपछि केसीले आफू एम्बुलेन्सबाट नओर्लने बताएका थिए। रुष्ट केसीले प्रहरीलाई जबरजस्ती नगर्न समेत आग्रह गरेका थिए।

'म जान्न भनेको। यो प्रहरीको गुण्डागर्दी हो। तिमले भन्नु पर्दैन। म टिचिङ हस्पिटलको होइन? मलाई थाहा छैन्, ओलीको गुण्डागर्दी मुर्दावाद,' प्रहरीले तान्दै गर्दा केसीले भने।

प्रहरीले उनलाई कोरोना संक्रमणका कारण ट्रमा लान खोजेको बताएको थियो। तर केसीले आफू चिकित्सक भएकाले संक्रमणबारे जानकार भएको जवाफ दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell