PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कोभिड-१९ अपडेट : थप १३५६ जनालाई संक्रमण पुष्टि, २ जनाको मृत्यु



कोभिड-१९ अपडेट : थप १३५६ जनालाई संक्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर एक हजार ३ सय ५६ जनालाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ। ११ हजार १ सय ५४ जनाको परीक्षण गर्दा एक हजार ३ सय ५६ मा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

यो अवधिमा ८ सय २३ जना डिस्चार्ज भएका छन्। योसँगै हालसम्म संक्रमित संख्या ६६ हजार ६ सय ३२ छ। मंगलवार २ जना संक्रमितको मृत्यु भएको छ। सोमवार १६ जनाको मृत्यु भएको छ। कोरोना भाइरस संक्रमणका कारणा नेपालमा हालसम्म मृत्यु हुनेको संख्या ४२९ जना पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell