PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

यौन शोषणको आरोपमा निर्देशक अनुराग कश्यपविरुद्ध उजुरी दर्ता



यौन शोषणको आरोपमा निर्देशक अनुराग कश्यपविरुद्ध उजुरी दर्ता

बलिउड निर्देशक अनुराग कश्यपविरुद्ध यौन शोषणको उजुरी दर्ता भएको छ। मंगलवार कलाकार पायल घोषले अनुरागले आफूमाथि ६ वर्षअघि आफ्नै घरमा यौन शोषण गरेको आरोप लगाउँदै वकिल नितिन सतपुतेको उपस्थितिमा अनुरागविरुद्ध वर्सोवा पुलिस स्टेशनमा लिखित उजुरी दर्ता गराएकी हुन्।

पायलले राष्ट्रिय महिला आयोगमा पनि उजुरी दिने तयारी गरेकी छन्। महिला आयोगकी अध्यक्ष उजुरी दिन अपिल गरिसकेकी छिन्।

पायलले केही दिनअघि ट्वीटरमार्फत अनुरागमाथि यौन शोषणको आरोप लगाएकी थिइन्। तर बलिउड अभिनेत्रीहरु भने अनुरागले त्यसो गर्न नसक्ने भन्दै उनको पक्षमा उभिएका छन्।

अनुरागले पनि आरोप आधारहीन र आफूमाथिको आक्रमण भएको टिप्पणी गर्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell