PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

लागुऔषध मुद्दामा रकुल, दीपिका, सारा र श्रद्धा अनुसन्धानमा तानिए, एनसीबीले पठायो पत्र



लागुऔषध मुद्दामा रकुल, दीपिका, सारा र श्रद्धा अनुसन्धानमा तानिए, एनसीबीले पठायो पत्र

सुशान्तसिंह राजपूतको मृत्युसँग जोडिएको लागुऔषध दुर्व्यवसनी तथा ओसारपसार मुद्दामा चार जना अभिनेत्रीहरु अनुसन्धानमा तानिएका छन्।

बलिउडमा लागुऔषध कनेक्सनको जाँच गरिरहेको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले अभिनेत्रीहरु रकुल प्रीत सिंह, दीपिका पादुकोण, सारा अली खान र श्रद्धा कपुरलाई पत्र पठाउँदै अनुसन्धानमा तानेको हो।

एनसीबीले चारै हिरोइनसँग पालैपालो सोधपुछको तयारी गरेको बीबीसी हिन्दीले जनाएको छ। सोधपुछका लागि लिगल नोटिस पठाइएको छ।

रकुल प्रीत सिंह, सुशान्तकी पूर्वम्यानेजर श्रुति मोदी र डिजाइनर सिमोन खम्बाटासँग आज सोधपुछ हुँदैछ।

पीटीआईका अनुसार एनसीबीका वरिष्ठ अधिकारीले दीपिका पादुकोणलाई सोधपुछका लागि २५ सेप्टेम्बर (भोलि)मा उपस्थित हुन भनिएको जानकारी दिएका छन्।

सारा अली खान र श्रद्धा कपूरलाई २६ सेप्टेम्बरमा बोलाइएको छ।

यसअघि दीपिका पादुकोणकी म्यानेजर करिश्मा प्रकाशलाई पनि जाँचका लागि बोलाइएको थियो। तर उनले अस्वस्थ रहेको भन्दै केही समय मागेकी थिइन्। उनलाई शुक्रवारसम्म पेशीबाट छुट दिइएको छ। एनसीबी स्रोतका अनुसार करिश्माको व्हाट्स एप च्याटबाट लागुऔषध दुर्व्यसनीबारे भएका कुराकानी बाहिर आएका थिए।

लागुऔषध सेवन तथा खरीदमा अहिलेसम्म धेरै कलाकारको नाम जोडिइसकेको छ। यसअघि एनसीबीले ८ सेप्टेम्बरमा रिया चक्रवर्तीलाई लागुऔषध मुद्दामा गिरफ्तार गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell