PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

रकुलप्रीत सिंह र दीपिका पादुकोणका म्यानेजर एनसीबीको सोधपुछमा



रकुलप्रीत सिंह र दीपिका पादुकोणका म्यानेजर एनसीबीको सोधपुछमा

अभिनेता सुशान्त सिंह राजपूतको मृत्युसँग जोडिएको बलिउड लागुऔषध जालोको जाँच गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्यूरोले कैयौ कलाकालाई सोधपुछका लागि पत्र पठाएको छ।

यसैक्रममा एनसीबीले आज अभिनेत्री रकुलप्रीत सिंह र दीपिका पादुकोणका म्यानेजर करिश्मा प्रकाशसँग सोधपुछ गर्दैछ।

रकुललाई हिजो नै सोधपुछमा बोलाइए पनि पत्र समयमै नपाएको भन्दै उपस्थित भइनन्। उनले आज उपस्थित हुने बताएकी छन्।

त्यसैगरी दीपिकाकी म्यानेजर करिश्मा प्रकाशले पनि अस्वस्थ रहेको भन्दै एक दिनको समय मागेर आज उपस्थित हुँदैछिन्।

दीपिका पादुकोणलाई भने शनिवार सोधपुछका लागि बोलाइएको छ। यसैकारण दीपिका पति रणवीर सिंहसँग गोवाबाट हिजो मुम्बई फर्किएकी छन्।

दीपिकाका अलावा शनिवार सारा अली खान र श्रद्धा कपूरलाई पनि सोधपुछका लागि बोलाइएको छ।

यसअघि एनसीबीले सुशान्त मुद्दाकी मुख्य आरोपी रिया चक्रवर्तीलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ। 

एनसीबीको जाँचमा लागुऔषध सेवन तथा खरीदविक्री प्रकरणमा हालसम्म कैयौ सेलिब्रेटीको नाम जोडिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell