PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

आफ्नो नाम विवादमा मुछिएपछि मोदनाथ प्रश्रित पछि हटे, पद्मश्री साधना सम्मान नलिने



आफ्नो नाम विवादमा मुछिएपछि मोदनाथ प्रश्रित पछि हटे, पद्मश्री साधना सम्मान नलिने

काठमाडौं : साहित्यकार मोदनाथ प्रश्रितले पनि पद्मश्री साधना सम्मान नलिने बताएका छन्। पद्मश्री साहित्यकार पुरस्कार लेखक डा सञ्जीव उप्रेतीले प्रश्रितसँगै नलिने निर्णय गरेपछि प्रश्रितले यस्तो निर्णय गरेका हुन्।

खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले प्रदान गर्ने ३ लाख राशीको सम्मान नलिने बताएका हुन्। प्रश्रितले अर्का लेखक सञ्जीव उप्रेतीले आफूसँगै पुरस्कार नलिने बताएकोले आफूले पनि नलिने निर्णय गरेको जानकारी दिए।

आफू नियोजित रुपमा चरित्रहत्या गर्न खोजिएको प्रश्रितले बताए। उनले आफूलाई सम्मान गर्न लागिएकोमा एक समूह नै चरित्र हत्या गर्न लागिपरेकाले आफू पुरष्कार नलिने निर्णयमा पुगेको बताए। 'अर्का लेखकले म सँगै नलिने भन्नु भएछ। एउटै मञ्चमा एउटाले लिने र अर्कोले नलिने राम्रो भएन भनेर मैले पनि नलिने निर्णय गरेको छु,' उनले भने।

आफूले पुरस्कार लिएमा आफू पुरस्कारको लोभी देखिने भएकाले पनि पुरस्कार नलिने निष्कर्षमा पुगेको उनको भनाई छ। धरातल उपन्यासमार्फत शारदा भुषालले प्रश्रितलाई बलात्कार गरेको आरोप लगाएकी थिइन। प्रश्रितले भने आफूलाई कपोकल्पित आरोप लगाएको बताए। उनले अहिले पनि त्यही विषय निकालेर आफ्नो चरित्रहत्या गरिएको बताए। उनले आफूले भुषालको आरोपलाई खण्डन गरिसकेको दाबी गरे। 'एक जनाले मलाई आरोप लगाइन। मैले खण्डन गरिसकेको छु। त्यो सरासर कपोकल्पित छ,' उनले भने।

​प्रश्रितसँगै पुरस्कार किन नलिने? यसो भन्छन् लेखक सञ्जीव उप्रेती



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell