PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

दास मुक्तिको कथा : केशव दाहालको ‘मोक्षभूमि’ सार्वजनिक



दास मुक्तिको कथा : केशव दाहालको ‘मोक्षभूमि’ सार्वजनिक

काठमाडौं : केशव दाहालद्वारा लिखित् पहिलो उपन्यास ‘मोक्षभूमि’ सार्वजनिक भएको छ। किताबमा मुख्यतः मानव सभ्यताले कोर्रा हानेर थिलथिलो बनाएका हजारौं दासहरूको मुक्तिको कथा समेटिएको छ।

लेखक दाहालका अनुसार गुमनाम कुनामा अलपत्र परेका आदिमान्छेहरुको कथा, गाथा र गरिमालाई मोक्षभूमिमा समेटिएको हो।

भन्छन्, ‘यो ऐतिहासिक उपन्यास होइन। यो एउटा खास समय, सत्ता र सपनाको कथा हो।’

खस साम्राज्यका चक्रवर्ती सम्राट क्राचल्लदेवले आफूले गरेको युद्ध अपराध र पापको प्रायश्चित्तका लागि दश हजार दासहरूलाई मुक्त गरेपछि सिन्जामा उथलपुथल आउँछ। त्यस उथलपुथलसँगै आर्य–खस जातीय श्रेष्ठता र मानव श्रेष्ठताको महाबहस सुरु हुन्छ। बहससँगै सुरु हुन्छ- मुक्त दासहरुको प्रेम, यौन, संघर्ष र मोक्षको लामो, आँधीमय यात्रा। 'मोक्षभूमि' मा त्यही यात्रा, अनुभूति र जीवन भोगाइको रोमाञ्चक वर्णन गरिएको छ।

असोज २० बाट उक्त किताबमा बजारमा उपलब्ध हुने किताब पब्लिसर्सले जनाएको छ। यो उपन्यास अमेजन र थुप्रैडटकम मार्फत् ई-बुकका रुपमा समेत विश्वभर उपलब्ध छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell