PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अमेरिकी कवि लुइस ग्लोकलाई नोबेल साहित्य पुरस्कार



अमेरिकी कवि लुइस ग्लोकलाई नोबेल साहित्य पुरस्कार
Photo : Nobel Media

अमेरिकी कवि लुइस ग्लोकलाई यस वर्ष नोबेल साहित्य पुरस्कारबाट प्रदान गरिने भएको छ।

द स्वीडिस एकाडेमीले ग्लोकले आफ्नो कविताको माध्यमबाट 'काव्यात्मक आवाजमार्फत व्यक्तिगत अस्तित्वलाई सुन्दर ढंगले सर्वव्यापी बनाउन' खेलेको भूमिकको कदर गर्दै यस वर्षको नोबेल साहित्य पुरस्कार प्रदान गर्ने निर्णय गरिएको जनाएको छ।  

ग्लोकको कवितामा मानव समुदायले आफ्नो जीवनकालमा भोग्ने विभिन्न परिस्थितिहरुलाई कलात्मक ढंगले प्रस्तुत गरिएको पाइन्छ।

सन् १९६८ मा उनले फस्टबर्न नामक कविता संग्रह प्रकाशन गरेकी थिइन्। ग्लोकले आफ्नो कविताको माध्यमबाट खेलेको भूमिकाको कदर गर्दै सन् १९९३ मा पुलिटजर पुरस्कार र सन् २०१४ मा नेशनल बुक अवार्ड समेत हासिल गरिसकेकी छिन्।

एकाडेमीले ग्लोकलाई फोन गरेर पुरस्कृत गरिएको बारेमा जानकारी दिएको छ। फोन गर्दा ग्लोक अचम्मित हुन पुगेकी थिइन्। उनले आफूलाई सम्मानित गर्ने निर्णयको स्वागत गर्दै खुशी व्यक्त गरेकी छिन्।

कुन विधामा कसलाई पुरस्कार

यस वर्ष रसायनशास्त्र तर्फको नोबेल पुरस्कारबाट दुईजना वैज्ञानिक सम्मानित हुने भएका छन्। बुधवार रोयल स्विडिस एकाडेमी अफ साइन्सेसले इम्मानुएल चारपेन्टियर र जेन्निफर ए डउडनालाई संयुक्त रुपमा पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो।

‘जीनोम इडिटिङ’को विधि विकास गरेकोमा उनीहरुलाई रसायनशास्त्र तर्फको नोबेल पुरस्कारबाट सम्मानित गरिएको हो।

यस्तै, मंगलवार भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार रोजर पेनरोज, रेनहार्ड गेन्जेल र एन्ड्रेया घेजलाई संयुक्त रुपमा दिने निर्णय गरिएको थियो।

पेनरोजलाई ब्ल्याक होल र सापेक्षवाद सिद्धान्तबीचको सम्बन्ध पत्ता लगाउन खेलेको भूमिकाको कदर गर्दै पुरस्कार प्रदान गरिएको हो। गेन्जेल र घेजलाई भने ग्यालेक्सीबारे मा अध्ययन गर्दै यसको बीचमा ‘सुपरम्यसिभ कम्पयाक्ट अबजेक्ट’ खोजी गरेकोमा पुरस्कृत गरिएको हो।

नोबेल पुरस्कार समितिले हेपाटाइटिस सी भाइरस पत्ता लगाउने माइकल हाउटन, हार्भी अल्टर र चाल्उस राइसलाई संयुक्त रुपमा चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell