PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

कोरोनाका कारण सभाहल बन्द भएपछि सडक किनारमा भायलिन बजाएर लाइभ कन्सर्ट दिँदै न्यूयोर्कका कलाकार

कोरोनाका कारण सभाहल बन्द भएपछि सडक किनारमा भायलिन बजाएर लाइभ कन्सर्ट दिँदै न्यूयोर्कका कलाकार


कोरोना भाइरसको संक्रमणका कारण अमेरिकाको न्यूयोर्कमा रहेका प्रदर्शनी हलहरु बन्द छन्। धेरै संख्यामा मानिसहरुको उपस्थिति हुँदा संक्रमण फैलिने सम्भावना रहँदा हलहरु बन्द रहेका हुन्। जसकारण कलाकारहरुले महिनौंदेखि स्टेज पर्फमेन्स दिन सकेका छैनन्।

त्यसकारण कलाकारहरुले दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्न सडक किनारमा नै लाइभ कन्सर्ट आयोजना गरे। साइमन र उनका साथीहरुले ‘एनवाइ फिल ब्यान्डवागन’ भनेर अहिले ‘साइडवाक’ मा गीत सुनाउने अभियान सुरु गरेका छन्। अहिले साइमन र उनका साथीहरु न्यूयोर्कका सडक किनारमा भायलिन बजाउँदै गरेको देख्न सकिन्छ। दर्शकहरुले पनि उनीहरुको नयाँ प्रयासलाई मनपराएका छन्।  

सन् १९८५ मा न्यूयोर्क फिलहार्मोनिकमा संलग्न भएकी साइमनले भर्चुअली गरिने कार्यक्रममा दर्शक नहुने समस्या आफूले भोगेको बताइन। आफ्नै साथीहरुका लागि भर्चुअली पर्फम गर्दा पनि दर्शकको कमी हुने गरेको उनले बताइन्। त्यसैले साइमन ‘आउटडोर पर्फम’ गर्ने योजना सहित अघि आएकी हुन्। 

साइमन संगीत सर्वसाधरणहरुको आधारभूत आवश्यक्ता रहेको भन्दै यसले मानिसहरुलाई राम्रो महसुस गराउने बताउँछिन्। 



ट्रेन्डिङ पोस्ट

Ncell