PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

डढेलो प्रभावित अमेरिकी राज्यमा स्वास्थ्य समस्या बढ्दै



डढेलो प्रभावित अमेरिकी राज्यमा स्वास्थ्य समस्या बढ्दै
File Photo : AP

अमेरिकामा डढेलो प्रभावित क्षेत्रमा बसोबास गर्दै मानिसहरुमा स्वास्थ्य समस्या देखिन सुरु भएको एपीले जनाएको छ। विभिन्न राज्यहरुमा लागेको डढेलोका कारण वातावरण प्रदूषण भएको र पानीको स्रोत समेत प्रभावित भएका छन्। लाखौं हेक्टर जमिन डढेलोका कारण नष्ट भएका छन्। हजारौं मानिसको डढेलोका कारण मृत्यु हुँदा लाखौं संख्यामा जंगली जनावर मारिएका छन्।

अधिकारीहरुका अनुसार पाँचवटा राज्यमा ८० लाख भन्दा बढी नागरिक डढेलोका कारण प्रभावित भएका छन्। डढेलोबाट प्रभावित ओरेगन राज्यमा प्रदूषणको तह सबैभन्दा बढी रहेको छ। धुवाँका कारण स्वास्थ्यमा समस्या आएपछि सयौं मानिस अहिले दैनिक रुपमा अस्पताल पुग्ने गरेका छन्। अस्पताल पुग्नेहरुमा धेरैजसो स्वास्प्रश्वासको समस्या लिएर आउने गरेको चिकित्सकहरु बताउँछन्।

डढेलोका कारण निस्किएको धुवाँका कारण हावाको गुणस्तर कम हुँदै गएको छ। धुवाँका कारण मात्रै क्यालिफोर्नियामा ६ हप्तामा ३ हजार जनाको मृत्यु भएको बताइएको छ। वासिङटनमा पनि सयौं मानिसको धुवाँका कारण मृत्यु भएको छ।

अमेरिकाको पूर्वी राज्यहरुमा डढेलो लागिरहने भएपनि यो वर्ष डढेलोको प्रभाव उच्च रहेको अधिकारीहरुले बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell