PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

हिंसा रोक्न भन्दै किर्गिजस्तानका राष्ट्रपतिद्वारा राजीनामा दिने घोषणा



हिंसा रोक्न भन्दै किर्गिजस्तानका राष्ट्रपतिद्वारा राजीनामा दिने घोषणा
Photo : Reuters

किर्गिजस्तानका राष्ट्रपति सूरोनबे जीन्बेकोभले राजीनामा दिने घोषणा गरेका छन्।

किर्गिजस्तानको हालै सम्पन्न संसदको निर्वाचनमा धाँधली भएको भन्दै देशव्यापी विरोध प्रदर्शन जारी छ। प्रदर्शनका क्रममा विपक्षी दलका नेता र प्रदर्शनकारीले राष्ट्रपतिविरुद्ध पनि विरोध गरेका थिए। उनीहरुले जीन्बेकोभले राजीनामा दिनुपर्ने माग समेत राखेका थिए। प्रदर्शनले उग्र रुप लिएपछि हिंसा रोक्न भन्दै राष्ट्रपति जीन्बेकोभले राजीनामा दिने बताएका हुन्।

राष्ट्रपति जीन्बेकोभले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै भने, ‘म सत्तामा रहिरहन चाहन्न। किर्गिजस्तानका जनताको भावना विपरीत आफूले काम म गर्दिन। जनताको रगतमा उभिएर शासन गर्न मलाई रत्तिभर रुचि छैन। त्यही कारण म राजीनामा दिँदैछु।’

राजीनामा घोषणा गर्दै उनले प्रधानमन्त्री सादिर जापारोभ र राजनीतिक दलका नेताहरुलाई शान्ति कायम गर्ने काममा लाग्न आग्रह समेत गरेका छन्।  जापारोभ बुधवारमात्र प्रधानमन्त्री पदमा नियुक्त गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell