PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अदालतको चेतावनीपछि रजनीकान्तले स्वीकारे गल्ती, सुधार गर्ने प्रतिबद्धता



अदालतको चेतावनीपछि रजनीकान्तले स्वीकारे गल्ती, सुधार गर्ने प्रतिबद्धता

सम्पत्ति करलाई लिएर अदालतले सुपरस्टार रजनीकान्तलाई चेतावनी दिएको छ। ग्रेटर चेन्नई कर्पोरेसनले सम्पत्ति कर मागेपछि रजनीकान्तले मद्रास उच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।

बुधवार अदालतले रजनीकान्तको रिट निवेदनमा सुनुवाइ गर्दै अदालतको समय खेर नफाल्न चेतावनी दिएको हो। अदालतको समय खेर फाल्नुभन्दा चेन्नई कर्पोरेसनलाई रिमाइण्डर पत्र पठाउन पनि अदालतले सुझाव दिएको छ।

अदालतको निर्णयपछि रजनीकान्तले बिहीवार ट्वीटरमा लेखेका छन्, 'हामीले यो मुद्दामा मद्रास हाईकोर्टको ठाउँमा चेन्नई कर्पोरेसनलाई अनुरोध गर्नु पर्थ्यो। हामी आफ्नो गल्ती सुधार्ने छौं। साथै यसबाट हामी सिक्ने पनि छौं।'

रजनीकान्तको म्यारिज हल श्रीराघवेंद्र कल्याण मंडपमको ६.५ लाख रुपैयाँ प्रोपर्टी ट्याक्स जम्मा गर्न ग्रेटर चेन्नई कर्पोरेशनले नोटिस पठाएको थियो। तर रजनीले यो मागलाई अनुचित भन्दै अदालत गएका थिए।

रजनीकान्तले आफ्नो रिट निवेदनमा कोरोना महामारी र लकडाउनका कारण २४ मार्चदेखि म्यारिज हल बन्द अवस्थामा रहेको, कुनै कमाई नभएको भन्दै कुन आधारमा ट्याक्स मागिँदैछ भनेर प्रश्न गरेका थिए। उनले यसबारे आफूले म्युनिसिपल कर्पोरेशनमा पनि आवेदन दिएको तर कुनै सुनुवाई नभएको गुनासो पनि रिट निवेदनमा गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell