PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अजरबैजान र अर्मेनियाबीच भिडन्तपछिको दृश्य

अजरबैजान र अर्मेनियाबीच भिडन्तपछिको दृश्य


अजरबैजान र अर्मेनियाबीच करिब ३ हप्तादेखि विवादित क्षेत्रलाई लिएर भिडन्त भइरहेको छ।

नागोरनो काराबख क्षेत्रको स्वामित्वलाई लिएर दुवै देशका सेना आमनेसामने छन्। दुवै देशले नागोरनो काराबख क्षेत्र आफ्नो भएको दाबी गरिरहेको छ। सैन्य भिडन्तमा सयौं मानिसको मृत्यु भएको छ भने धेरैजना घाइते भएका छन्। विवादित क्षेत्र सहित दुवै देशका शहरी क्षेत्रमा हवाइ आक्रमण हुँदा धेरै घरहरु भत्किएका छन्। आक्रमण भएका स्थानका सर्वसाधरणहरु विस्थापित हुन बाध्य भएका छन्। 

द्वन्द बढ्दै जाँदा शान्ति वार्ता गराउने प्रयास भइरहेको छ। दुवै देशबीच युद्धविराम गर्ने सहमति भएतापनि आक्रमण रोकिएको छैन।

विवादित क्षेत्र अन्तर्राष्ट्रिय स्तरमा अजरबैजानको भूमि भनेर चिनिन्छ। तर सो भूमि आदिवासी अर्मेनियनहरुको नियन्त्रणमा रहेको छ। सो क्षेत्रलाई लिएर करिब तीन दशकदेखि दुवै देशबीच विवाद हुँदै आएको थियो। अजरबैजानले अर्मेनियाले आफ्नो भूमिमाथि अतिक्रमण गर्ने प्रयास जारी रहे रक्तपात बढ्ने चेतावनी दिइसकेको छ। 

PHOTO: REUTERS


ट्रेन्डिङ पोस्ट

Ncell