PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

प्रदेश १ मा ४७४ जना कोरोना संक्रमित थपिए, १५ जना संक्रमण मुक्त



प्रदेश १ मा ४७४ जना कोरोना संक्रमित थपिए, १५ जना संक्रमण मुक्त

विराटनगर: आइतबार प्रदेश १ मा ४७४ जना कोरोना संक्रमित थपिएका छन्। १ हजार ४६८ जनाको पीसीआर परीक्षण गरिएकोमा १४९ महिला र ३२५ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो।

मोरङमा २६५, सुनसरीमा ९३, झापामा ५६, उदयपुरमा २९, इलाममा ७, संखुवासभामा ५, भोजपुरमा २, धनकुटा, तेह्रथुम, पाँचथर र ओखलढुङ्गामा १/१ र प्रदेश १ बाहिरका १३ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १५४ जनामा संक्रमण देखिएको छ। संक्रमण पुष्टि भएकामा ५० महिला र १०४ पुरुष रहेका छन्। त्यस्तै सुन्दरहरैचामा २८, बेलबारीमा १९, कटहरी र पथरीशनिश्चरेमा १२/१२, बुढीगंगामा १०, रतुवामाईमा ७, ग्रामथानमा ६, कानेपोखरीमा ५, लेटाङमा ४, धनपालथानमा २, उर्लाबारी, जहदा, मिक्लाजुङ र रंगेलीमा १/१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ।

सुनसरीको इटहरीमा ५७, इनरुवामा ९, रामधुनीमा ७, दुहवीमा ५, धरानमा ४, बर्जु र गढीमा २/२, हरिनगर, बराहक्षेत्र, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा १/१ र स्थानीय तह नखुलेका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

झापाको भद्रपुरमा १५, दमकमा १३, विर्तामोडमा १२, मेचीनगरमा ९, गौरादह र अर्जुनधारामा २/२, कमल, झापा गाउँपालिका र बाह्रदशीमा १/१जना संक्रमित भएका छन्।

उदयपुरको कटारी र त्रियुगामा १३/१३, उदयपुरगढी, बेलका र चौदण्डीगढीमा १/१, इलामको इलाममा ४, फाकफोकथुम, माईजोगमाई र सुर्योदयमा १/१, संखुवासभाको चैनपुर र मकालु २/२, खाँदबारीमा १, भोजपुरको अरुण र भोजपुरमा १/१, धनकुटाको छथरमा १, तेह्रथुमको लाली गुराँसमा १, पाँचथरको फिदिममा १ र ओखलढुङ्गाको मानेभन्ज्याङमा १ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको छ।

यससँगै प्रदेश १ मा कोरोना संक्रमित हुनेको संख्या १३ हजार ६५६ पुगेको छ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा १५ जना डिस्चार्ज भएका छन्। कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ७, मेची अस्पतालबाट ७ र होम आईसोलेसनबाट १ जना डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ५ हजार ५७५ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell