PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

चिलीमा सरकारविरुद्ध प्रदर्शन, चर्चमा 'फायर बम' प्रहार



चिलीमा सरकारविरुद्ध प्रदर्शन, चर्चमा 'फायर बम' प्रहार
Photo : Reuters

चिलीमा सरकारविरुद्ध भइरहेको आन्दोलनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। प्रदर्शनकारीहरुले चर्च, प्रहरी हेडक्वाट, पसलहरुमा ‘फायरबम’ प्रहार गरेका छन्। प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रदर्शनकारीमाथि अश्रुग्यास र पानीको फोहरा प्रहार गरेको छ।

करिब एक वर्ष अघिदखि राजनीतिक सुधारको माग गर्दै चिलीमा प्रदर्शन भइरहेको छ।  मेट्रो टिकटको मूल्य वृद्धि भएपछि सुरु भएको आन्दोलनले पछि बृहत रुप लिएको हो। कोरोना संक्रमणका कारण केही समय प्रदर्शन रोकिएको थियो। केही हप्तादेखि फेरि चिलीमा दैनिक रुपकम प्रदर्शन भइरहेको छ। प्रदर्शन प्रदर्शनकारीहरुले शिक्षा, स्वास्थ्य लगायतको सुविधा दिन सरकार असफल भएको आरोप लगाउँदै आएका छन्।  

प्रदर्शन उग्र बन्दै गएपछि चिलीका आन्तिक व्यवस्था मन्त्री भिक्टर पेरेचले नागरिकहरुलाई प्रजातान्त्रिक ढंगबाट आफ्नो कुरा राख्न आग्रह गरेका छन्। उनले जनमत संग्रहबाट समस्या समाधान गर्न सक्ने भन्दै हिसांमा उत्रेर अपराध गर्नेहरुलाई कारवाही गर्ने बताए।

प्रदर्शनका क्रममा प्रहरीले प्रहार गरेको रबर बुलेटबाट सयौं प्रदर्शनकारी घाइते बनेपछि आन्दोलन थप उग्र बनेको हो। हालसम्म प्रदर्शनका क्रममा ३० जनाको मृत्यु भइसकेको छ भने हजारौं घाइते भइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell