PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अर्जेन्टिनामा कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो



अर्जेन्टिनामा कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो
File Photo : AP/Natacha Pisarenko

अर्जेन्टिनामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० लाख नाघेको छ। यससँगै दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना १० लाख संक्रमित कट्ने पाँचौं मुलुक बनेको छ।

सोमबार रातिसम्म अर्जेन्टिनमा १० लाख २ हजार ६६२ जनामा संक्रमण पुष्टि भइसकेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हालसम्म संक्रमणका कारण २६ हजार ७१६ जनाको मृत्यु भइसकेको छ।

पछिल्लो २४ घण्टामा मात्रै अर्जेन्टिनमा थप १२ हजार ९८२ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार सोमबारमात्रै ४५१ जनाको संक्रमणका कारण मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell