PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

बेल्जियममा कोरोनाको गति सुनामी जस्तै, स्वास्थ्य मन्त्री भन्छन्, ‘यो कसैको गल्ती होइन तर सबैको सहयोग आवश्यक’



बेल्जियममा कोरोनाको गति सुनामी जस्तै, स्वास्थ्य मन्त्री भन्छन्, ‘यो कसैको गल्ती होइन तर सबैको सहयोग आवश्यक’
PHOTO : EPA-EFE / STEPHANIE LECOCQ

बेल्जियममा कोरोना भाइरसको संक्रमण सुनामीको गतिमा फैलिरहेको त्यहाँका स्वास्थ्य मन्त्रीले बताएका छन्। बेल्जियन स्वास्थ्य मन्त्री फ्रयान्क भ्यानडेनब्रउकेले बेल्जियमको राजधानी ब्रसेल्स र वाल्लोनियामा संक्रमणको अवस्था ‘सुनामी’ जस्तै रहेको बताएका छन्। फ्रयान्कले ब्रसेल्स र वाल्लोनियामा देखिएको संक्रमणको अवस्था युरोपभरकै खतरनाक रहेको समेत बताएका छन्।  

कोरोना भाइरसबाट सबैभन्दा प्रभावित हुने १० राष्ट्रमा बेल्जियम पनि रहेको छ।

फ्रयान्कले कोरोना संक्रमण फैलिनुमा कोही दोषी नरहेको तर संक्रमणको अवस्थालाई नियन्त्रण गर्नु सबैको दायित्व रहेको बताएका छन्। उनले सबै नागरिकलाई सर्तक रहन र स्वास्थ्य मापदण्ड पालना गरि अवस्था थप नियन्त्रण बाहिर जान रोक्न सहयोग गर्न आग्रह समेत गरेका छन्।

भने, 'यो कसैको गल्ती होइन तर संक्रमणको अवस्था सुधार गर्न सबैको सहयोग आवश्यक छ।'

संक्रमण फैलिएपनि हाल बेल्जियममा रातिको समयमा मात्रै कर्फ्यू लागू गरिएको छ। जीवनलाई सहज बनाउन हाल दिउँसो कर्फ्यू नगरिएको उनले बताए।

हालसम्म बेल्जियममा २ लाख २२ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने १० हजारभन्दा बढीको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell