PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

पुनर्निर्माण सम्पन्नपछि रानीपोखरी आज राष्ट्रपतिले उद्घाटन गर्दै



पुनर्निर्माण सम्पन्नपछि रानीपोखरी आज राष्ट्रपतिले उद्घाटन गर्दै

काठमाडौं : बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको उद्घाटन गर्दैछिन्। रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकी भण्डारीले नै पोखरीको उद्घाटन गर्न लागेकी हुन्। मन्दिर उद्घाटन पूर्व रानीपोखरी परिसर सफा गर्नुका साथै अन्य कामहरु सबै सम्पन्न भएको छ।

राष्ट्रपतिले बिहान साढे ११ बजे रानीपोखरीको उद्घाटन गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयका सूचना तथा सञ्चार विज्ञ टीका ढकालले जानकारी दिए। 'पाँच वर्षअघिको विनाशकारी भूकम्पले भत्काएको रानीपोखरीको पुनर्निर्माण कार्य सम्पन्न भई आज २०७७ कार्तिक ५ गते बुधबार बिहान करिब ११.३० सम्माननीय राष्ट्रपतिद्वारा  उद्घाटन हुने कार्यक्रम रहेको छ,' ढकालले भने।

प्रताप मल्लले निर्माण गरेको रानीपोखरीले मौलिक स्वरुप फिर्ता पाएको छ। मल्लकालमा शिखर शैलीमा निर्माण भएको रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर राणाकालमा गुम्बज शैलीमा पुनर्निर्माण गरिएको थियो। २०७२ सालको भूकम्पले रानीपोखरीमा क्षति पुगेपछि स्थानीयको दबाबपछि रानीपोखरीले प्रताप मल्लकालीन स्वरुप फिर्ता पाएको हो।

पर्सियाका राजकुमार वाल्डेमरले नेपाल भ्रमण गर्दा बनाइएको रानीपोखरीको चित्रले फेला परेपछि रानीपोखरी राणाकालीन शैलीमा नभएर चित्रमा देखिएको झैँ ग्रन्थकुट (शिखर) शैलीमा नै बनाउनु पर्ने माग उठेको थियो।

भूकम्पपछि पानीविहीन बनेको रानीपोखरी अहिले पानीले भरिएको छ। पोखरी र मन्दिर क्षेत्रलाई बत्तीले सजाइएको छ। यसरी बत्ती बाल्दा मन्दिरको ऐतिहासिक स्वरुपमा असर नपुगोस् भनेर विशेष ध्यान दिइएको छ। मन्दिरसँगै मन्दिर प्रवेश गर्ने पुलमा समेत बत्ती जडान गरिएको छ। रातको समयमा रानीपोखरी जगमगाएको देख्न सकिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell