PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

रानीपोखरीको किनारमा उभिएर गरिएको अठोट पुरा भएकोमा खुसी लागेको छ : राष्ट्रपति भण्डारी

रानीपोखरीको किनारमा उभिएर गरिएको अठोट पुरा भएकोमा खुसी लागेको छ : राष्ट्रपति भण्डारी


काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी र दरबार हाइस्कुलको पुनिनिर्माण सकिएकोमा खुसी लागेको बताएकी छन्। रानीपोखरी र दरबार हाइस्कुलको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले भूकम्पमा क्षति भएका संरचनाको बलियो गरी पुननिर्माण सकिने बताइन। 'भूकम्पबाट क्षतविक्षत भएका हाम्रा साँस्कृतिक सम्पदालाई अझ बलियो र मौलिक स्वरूपमै पुनर्निर्माण गर्नेछौँ,' उनले भनिन्।

२०७२ वैशाख १२ गते गएको भूकम्पमा परी क्षति भएको रानीपोखरीको २०७२ माघ २ गते राष्ट्रपति भण्डारीले नै शिलान्याश गरेकी थिइन्।

रानीपोखरीको किनारमा उभिएर गरिएको अठोट पुरा भएकोमा आफूलाई खुसी लागेको भण्डारीको भनाई छ।

भूकम्पबाट क्षतिग्रस्त बाँकी संरचनाहरूको पुनर्निर्माण पनि योजनावद्ध छिट्टै सम्पन्न हुने उनको विश्वास छ।

परम्परागत प्रविधि, शैली र निर्माण सामग्रीको प्रयोग गरी पुनर्निर्माण गरेको रानीपोखरी र बालगोपालेश्वर मन्दिरले पुरातात्विक सम्पदाहरूको संरक्षण र पुनर्निर्माणको क्षेत्रमा एउटा उदाहरण प्रस्तुत गरेको उनले बताइन्।

प्राधिकरणले तयार पारेको रत्नपार्क देखि दशरथ रंगशाललाई जोडी तयार पारेको गुरु योजनाको भण्डारीले प्रशंसा गरेकी छन्।

'प्राधिकरणले रानीपोखरी क्षेत्रलाई हालको रत्नपार्क, खुलामञ्च, टुँडिखेल, भृकुटीमण्डप र दशरथ रंगशाला समेतलाई जोडी वृहत्तर गुरुयोजना तयार पारेको जानकारी पाउँदा खुसी लागेको छ,' उनले भनिन्।

पुनर्निर्माण हुँदै गरेको धरहरा र गुरुयोजनाले काठमाडौँबासीलाई विशाल खुलाक्षेत्र उपलब्ध हुने उनको भनाई छ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल सरकारका मन्त्रीहरुको उपस्थिति रहेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell