PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

गोदावरी नगरपालिकाले नगरबासीहरुको निःशुल्क पीसीआर परीक्षण गर्ने



गोदावरी नगरपालिकाले नगरबासीहरुको निःशुल्क पीसीआर परीक्षण गर्ने
फाइल फोटो।

काठमाडौं : गोदावरी नगरपालिकाले नगरबासीहरुको निःशुल्क कोरोना परीक्षण गर्ने भएको छ। कात्तिक ६ गतेदेखि नगरबासीहरुलाई कोरोना भाइरसको लक्षण देखिएमा नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट निःशुल्क पीसीआर परीक्षण गरिने नगर प्रमुख गजेन्द्र महर्जनले जानकारी दिएका छन्।

लक्षण देखिएका व्यक्तिहरुको आनन्दवन अस्पतालमा निःशुल्क पीसीआर परीक्षण गरिने नगरपालिकाले जनाएको छ। कोरोना भाइरसबाट हुने जोखिम न्यूनीकरण गर्न नगरबासीको सुरक्षाका लागि नगरपलिकाद्वारा विभिन्न स्वास्थ्य सम्बन्धी कार्यहरु भइरहेको समेत नगरपालिकाले जानकारी गराएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell