PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

युरोपमा बढ्दै कोरोनाको असर : स्पेनमा संक्रमितको संख्या १० लाख नाघ्यो



युरोपमा बढ्दै कोरोनाको असर : स्पेनमा संक्रमितको संख्या १० लाख नाघ्यो
Photo : reuters

स्पेनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० लाख नाघेको छ। यससँगै १० लाख बढी संक्रमित हुने राष्ट्रमा स्पेन छैठौं मुलुक बनेको छ। यसअघि अमेरिका,भारत,ब्राजित,रसिया र अर्जेन्टिनमा १० लाखभन्दा बढी संक्रमित पहिचान भइसकेका छन्।

सुरुमा चीनबाट फैलिएको भाइरसले युरोपमा सबैभन्दा बढी प्रभाव स्पेनमा पारेको थियो।  बुधवारमात्रै स्पेनमा १६ हजार ९७३ जनामा संक्रमण पुष्टि भएको थियो भने १५६ जनाको मृत्यु भएको थियो। ३४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। बीचमा संक्रमणको अवस्थन कम हुँदै गएपनि अगस्तदेखि भने दैनिक करिब १००० जनामा संक्रमण देखिँदै आएको छ।

९ महिनामा स्पेनमा १० लाख ५ हजार २९५ जनामा संक्रमण पुष्टि भइसकेको छ।

युरोपलाई कोरोना भाइरसको सेकेन्ड वेभले निकै प्रभाव पारेको छ। संक्रमितको संख्या बढ्दै गएसँगै युरोपियन राष्ट्रहरुले कर्फ्युका साथै अन्य प्रतिबन्धहरु लगाउन फेरि सुरु गरेका छन्।

आयरल्यान्ड, इटाली, जर्मनी लगायतका राष्ट्रले संक्रमण बढ्दै गएसँगै नयाँ प्रतिबन्धहरु लगाउन सुरु गरेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell